दफा ५२
अनुशासन तथा आचरण सम्बन्धी कसुर
देहायको कुनै कार्य गरेमा अनुशासन तथा आचरण सम्बन्धी कसुर गरेको मानिेनेछ्ः–
(क) लागू औषध सेवन गरेमा,
(ख) अशिष्ट, अस्वाभाविक, निन्दनीय किसिमको आचरण गरेमा वा निर्दयी भएमा,
(ग) आपूमा शारीरिक कमजोरी वा रोग पैदा गरेमा,
(घ) शरीर निरोगी हुँदाहुँदै रोग वा कमजोरीको बहाना गरेमा वा जानी जानी रोग लम्ब्याउने वा निको हुन नदिने कार्य गरेमा,
(ङ) आपू वा अरू कसैलाई सेवाको लागि अयोग्य ठहयाउने मनसायले आपू वा अरू कसैलाई घाउ चोट पुयाएमा,
(च) कुनै अधिकृत, पदिक वा बिल्लादारले यस ऐनको क्षेत्राधिकारभित्र पर्ने व्यक्तिलाई आपूभन्दा तल्लो दर्जाको भनी आपराधिक बल प्रयोग गरी दुव्र्यवहार गरेमा,
(छ) सुव्यवस्था तथा सैनिक अनुशासन कायम राख्न गर्नु पर्ने कुनै काम नगरेमा वा सुव्यवस्था तथा सैनिक अनुशासन विरुद्ध हुने कुनै काम गरेमा,
(ज) मादक पदार्थ सेवन गरेमा,
(झ) आफ्नो ओहदा अनुसारको आचरण नगरेमा,
(ञ) दफा १९ विपरीत संघ, संस्था खोलेमा, सञ्चालन गरेमा वा त्यस्तो गतिविधिमा भाग लिएमा ।
(ट) कुनै पनि सैनिकलाई यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिमको कर्तव्य पालना सम्बन्धी तोकिएबमोजिमको कार्यमा वाहेक अन्यत्र प्रयोग गरेमा ।